दफा १०४
थुना, घरौटी वा निलम्बनमा राखी मुद्दाको तहकिकात गर्न सकिने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएका भए तापनि यस ऐन बमोजिम कसूर ठहरिने मुद्दाको तहकिकात गर्दा यस ऐन बमोजिमको कसूरको आरोपमा कारबाही चलाइएको व्यक्ति फरार भई बेपत्ता हुन सक्छ भनी सम्झनु पर्ने कुनै मनासिब कारण भएमा वा बिगो हानि नोक्सानी भएको देखिएमा बोर्डले आवश्यक धरौटी वा जेथा जमानत माग्न र त्यस्तो धरौटी वा जमानत नदिएमा निजलाई थुनामा राख्न सक्नेछ । (२) यस ऐन बमोजिमको कसूरको आरोपमा कारबाही चलाइएको व्यक्ति पदमा बहाल रहिरहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नाश गर्न सक्ने वा मुद्दाको तहकिकातमा बाधा व्यवधान पु¥याउन सक्ने मनासिब कारण भएमा बोर्डले त्यस्तो व्यक्तिलाई निलम्बनमा राख्न सम्बन्धित संस्थामा लेखी पठाउन सक्नेछ ।